Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

साउनदेखिको रुकुम पश्चिमका शिक्षकले पाएनन् तलब

साउनदेखिको रुकुम पश्चिमका शिक्षकले पाएनन् तलब


  • 6.3K
    Shares

    साउनदेखिको रुकुम पश्चिमका शिक्षकले पाएनन् तलब
    images

    रुकुम पश्चिम । रुकुम पश्चिमको एक सरकारी विद्यालयका शिक्षकले साउनदेखि तलब पाएका छैनन् ।

    बाँफिकोट गाउँपालिका वडा नम्बर ९ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकको तलब नपाएका हुन्।

    कार्तिक महिनामै दिनुपर्ने तलब अहिलेसम्म नदिएपछि विद्यालयमा कार्यरत १४ जना शिक्षक मर्कामा परेका विद्यालयका प्रधानाध्यापक धर्मसिंह केसीले बताउनुभयो ।

    प्रधानाध्यापक केसीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा विद्यालयमा जानकारी नदिइ सम्पर्कविहीन भएकाले तलब खुवाउन नसकिएको छ ।

    उहाँका अनुसार शिक्षकहरुको तलब गाउँपालिकाले बैंक खातामा दशैँ अगाडि नै जम्मा गरेको छ। खातामा अध्यक्ष देवकोटाको हस्ताक्षर अनिवार्य रहेकाले पैसा निकाल्न नसकिएको प्रधानाध्यापक केसीको भनाइ छ।

    प्रकाशित मिति :मंसिर १७ २०७८ शुक्रवार - १३:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij