Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस


  • 7.8K
    Shares

    चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

    चीन । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । एक वर्ष पहिले कोरोना भाइरसको शुरुवात भएको देश चीनमा त्यसको वर्ष दिनपछि बेलायतमा देखा परेको नयाँ प्रकार चीनमा पनि फेला परेको हो ।

    चीनको वुहान हुँदै विश्वभर पुगेको कोरोनालाई नियन्त्रण गर्न नपाउँदै फेरि भाइरसको नयाँ प्रकार फेला परेको हो ।चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

    नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलिरहेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत नै धेरै देशले बन्द गरेका छन् ।

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १२:१३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij