Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौै : मन्त्री श्रेष्ठ

जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौै : मन्त्री श्रेष्ठ


  • 3.4K
    Shares

    जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौै : मन्त्री श्रेष्ठ
    images

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफुहरु लागि परेको बताउनु भएको छ । 

    नेकपा माओवादी केन्द्र्रको सिन्धपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका सम्मेलनको आज उद्घाटन गर्नुहुदै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादीनै लागि पर्ने बताए । 

    मन्त्री श्रेष्ठले महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उदेश्य रहेकाले आफूले मन्त्रालय संहालेपछि उनीहरुका पक्षमा काम शुरु गरिसकेको पनि बताए । 

    मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मृत्यु शैयामा पु¥याउने गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा पाँच दल र नागरिकको साथबाट संविधान  जोगाउन सकिएको भएपनि चुनौति अझै रहेकाले त्यस तर्फ सबै सचेत बन्नुपर्ने बताए ।  

    संविधान मास्ने प्रतिगामी तत्वहरु अझै जिवितै रहेकोले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन को अझै आवश्यकता रहेको पनि मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले यस महिना भित्र सप्तरी र नवलपरासीमा तथा पुस महिना भित्रमा गाउँब्लकको अधिंकाश ठाउँमा लालपुर्जा वितरणको काम सम्पन्न गरिसक्ने गरी आफुले काम शुरु गरिसकेको बताए ।

    मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिए । 

    उक्त कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी आएका ३०० भन्दाबढी कार्यकर्तालाई पार्टी प्रवेश गराउदै मन्त्री श्रेष्ठले पार्टीले जनपक्षीय काम गरिरहे कै कारण माओवादी केन्द्रप्रति जनताको आकर्षण बढीरहेको पनि बताए ।

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १५:५४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij