२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेता जनार्दन शर्मा र सन्तोष परियारसहितको पार्टी एकता कार्यक्रम सुरु भएको छ ।
एकतापछि पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ रहने छ भने चुनाव चिन्ह नेसपा नयाँ शक्तिले प्रयोग गरेको आँखा रहनेछ ।भट्टराई र जनार्दन शर्मा लगायत नेताहरू पार्टीको पदाधिकारी तहमा नरहेको बताइएको छ ।
कात्तिक २८ गते भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी, शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियार समूहबिच एकता गर्ने सहमति भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij