Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

सामुहिक रुपमा उठेनौँ भने यो देश जनताको नरहन सक्छः सन्तोष परियार

सामुहिक रुपमा उठेनौँ भने यो देश जनताको नरहन सक्छः सन्तोष परियार


  • 295
    Shares

    सामुहिक रुपमा उठेनौँ भने यो देश जनताको नरहन सक्छः सन्तोष परियार
    images

    काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकतावद्ध नभए देश जनताको नरहन सक्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले सधैँ गरिब भइरहनुको कारण नेतृतव वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताउनु भयो । संकटको घडीमा सबै एक हुनुपर्ने बताउनु भयो । इतिहासमा कहिल्यै पनि नेतृत्व वर्गले जनताको देश बनाउन नसकेको बताएका छन् । अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले अहिलेको संकट समाधान गर्नुपर्ने उनको भनाइ छ ।
     
    उनले भने, ‘हामी सधैँ किन गरिब भइरहन्छौँ भन्दा हाम्रा नेतृत्व गर्नेहरु, राजनीति गर्नेहरुले देश र जनतालाई केन्द्रमा राखेर राजनीति नगर्दा हामी आज यस ठाउँमा पुगेका छौँ । संकटको यो घडीमा हामीले सामुहिकतामा जोड दिएनौँ भने र सामुहिक रुपमा उठेनौँ भने यो देश देश जस्तो नरहन सक्छ । यो देश जनताको नरहन सक्छ । इतिहासमा कहिल्यै हामीले जनताको बनाउन सकेनौँ । तसर्थ अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले यो देशको संकट मोचन गर्नुपर्नेछ ।’

    अहिले नागरिक र सरकारबीच अविश्वासको संकट पैदा भएको बताएका छन् ।

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १३:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij