Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

साइबर ब्यूरो स्थापना गर्न कति गर्यो कोरियाले सहयोग

साइबर ब्यूरो स्थापना गर्न कति गर्यो कोरियाले सहयोग


  • 4.8K
    Shares

    साइबर ब्यूरो स्थापना गर्न कति गर्यो  कोरियाले सहयोग
    images

    काठमाडौँ । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । 

    सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र यहाँस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गरे ।  

    उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराध विरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले जनाएको छ । 

    कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी छ वर्षभित्रमा पूरा गर्नेछ । कोरिया  सरकारले सन् २०४७ देखि स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । 

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - १६:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij