Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

शिक्षामन्त्री पौडेलले सुरु गरे सार्वजनिक विद्यालयको अनुगमन, शिक्षण सिकइ प्रक्रियामा सुधार गर्न शिक्षकहरुलाई आग्रह

शिक्षामन्त्री पौडेलले सुरु गरे सार्वजनिक विद्यालयको अनुगमन, शिक्षण सिकइ प्रक्रियामा सुधार गर्न शिक्षकहरुलाई आग्रह


  • 5.4K
    Shares

    शिक्षामन्त्री पौडेलले सुरु गरे सार्वजनिक विद्यालयको अनुगमन, शिक्षण सिकइ प्रक्रियामा सुधार गर्न शिक्षकहरुलाई आग्रह
    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन्। मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाइस्कुलको अनुगमन गर्दै कक्षाकोठामा भइरहेको शिक्षण सिकाइबारे शिक्षक र विद्यार्थीसँग अन्तर्क्रिया गरे।

    अनुगमनको क्रममा उनले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया पनि गरेका थिए। मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयको अनुगमन सुरु गरेको बताए।

    उनले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताए। मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकइ प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरुलाई आग्रह गरे।

    ‘सार्वजनिक शिक्षालाई अलि तीव्र गतिमा सुधार गर्ने, शिक्षण सिकाइ र शिक्षण सिकाइसँग सम्बन्धित आवश्यकताअनुसार परिमार्जन गरेर अघि बढ्ने गरी हामी हामी अगाडि बढ्छौँ र हामीले शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमी–कमजोरीलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने, शिक्षण सिकाइसँग सम्बन्धित प्रविधिहरू छ कि छैन ? सिकाइको प्रक्रिया के छ ? शिक्षक, अभिभावक र विद्यार्थीबीचको तादम्यता मिल्दोजुल्दो छ कि छैन ? यी कुरालाई दृढतापूर्वक अघि बढाउन हामीले ध्यान दिएका छौँ,’ मन्त्री पौडेलले भने।

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - १४:३३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij