२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि २८ कात्तिकमा बस्ने जानकारी दिएका छन् ।
‘२७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।
महाधिवेशनका विषयमा आवश्यक छलफल र निर्णय गर्न बस्ने भनिएको केन्द्रीय समिति बैठक पटक पटक विभिन्न कारणले सर्दै आएको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij