२०८२ भाद्र ७ गते शनिवार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय जनशक्ति (मानव संसाधन) प्रतिवेदन–२०७८ सार्वजनिक गर्ने तयारीमा रहेको छ ।
शिक्षा मन्त्रालयले कार्यसम्पादन गर्नका लागि कार्यविधि मापदण्ड नभएको र शिक्षा मन्त्रालय अगाडी बढ्न अलमलिएको कारण कार्यविधि मापदण्ड सहितको प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।
४ खण्ड १६ परिच्छेद, ३५ अनुसुचि सहितको प्रारम्भिक प्रतिवेदन मस्यौदा अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव डा. भेषराज काफ्लेको नेतृत्वमा पाँच सदस्यीय कार्यदलले प्रतिवेदन तयार गरेको छ ।
त्यस्तै सदस्य सचिवमा इश्वरीप्रसाद पोखरेल र अन्य सदस्यमा विजय राज सुवेदी, सन्तोष शर्मा, टोपबहादुर विष्ट सहितको कार्यदल रहेको छ ।
उक्त कार्यदललाई शिक्षा मन्त्रालयले दिएको कार्यदिशामा मन्त्रालयलाई प्राप्त कार्य विवरण र मानव संशाधन विकास तथा जनशक्ति प्रक्षेपणका विषयमा हालसम्मका सम्पूर्ण पक्षको गतिविधि समिक्षा गरी अगाडी बढ्नको लागि मार्ग प्रशस्त हुनेगरी प्रतिवेदन तयार गर्न र कार्यविधि मापदण्डको मस्यौदा प्रस्तुत गर्ने जिम्मेवारी दिएको थियो ।
प्रतिवेदन अनुसार प्रस्तुत हुने कार्यविधि मापदण्ड नेपाल सरकारको मन्त्री परिषद्बाट स्विकृत भएमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनशक्ति विकास गठन हुने छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा जनशक्ति विकास निर्देशनालय मूल समिति कार्यन्वयनमा आउनेछ । शिक्षा सचिवको अध्यक्षतामा सर्वाङगीण विषयगत जनशक्ति विकास तथा प्रक्षेपण समन्वय सहकार्य तथा कार्य सम्पादन समिति गठन गरिने छ ।
सबै विषयगत मन्त्रालय तथा निकायहरुमा विषयगत विभागिय जनशक्ति विकास समिति क्रियाशिल हुनेछन् । उनीहरुले आ–आफ्नो विषयगत आवश्यकता र जनशक्ति प्रक्षेपणको आधारपत्र तयारगरि शिक्षा विज्ञान तथा प्रविधिक मन्त्रालय सचिवको अध्यक्षतामा गठित समितिमा प्रस्तुत गर्ने छन् ।
शिक्षा सचिवको समितिले आफुमातहतका आठ प्रकारका विषयगत प्राविधिक समितिहरुमा तत् विषयका विज्ञहरु रहेको समितिबाट वैज्ञानिक मापदण्ड अनुसार अध्ययन गरि गराई प्रतिवेदन अनुरुप आफ्नो समितिबाट मन्त्रीको समिति हुँदै प्रधानमन्त्रीको परिषद्बाट अनुमोदन गराएर कार्यन्वयनमा ल्याउने छ ।
यसरी स्विकृत भएको जाशक्ति ढाँचा अनुसार जनशक्ति विकास गर्न विश्वविद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरु, विश्वविद्यालय अनुदान आयोग, सिटिइभिटी, विषयगत तालिम केन्द्रहरुलाई परिचालन गरि विषयगत मन्त्रालयहरुको लक्ष्यमा पुग्न समग्र जनशक्तिकोे परीचालन गर्ने गरी प्रतिवेदनले सम्पूर्ण ढाँचा सहित राज्यको जनशक्तिको प्रक्षेपण गर्नका लागि प्रतिवेदनको आधार तयार पारेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij