Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विद्यालय कर्मचारीको न्युनतम पारिश्रमिकबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण (पत्रसहित)

विद्यालय कर्मचारीको न्युनतम पारिश्रमिकबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण (पत्रसहित)


  • 17.0K
    Shares

    विद्यालय कर्मचारीको न्युनतम पारिश्रमिकबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण (पत्रसहित)
    images

    काठमाडौं ।विद्यालय कर्मचारीको न्युनतम पारिश्रमिकबारे नेपाल विद्यालय कर्मचारी परिषद् नगर कार्यसमिति जमिनी नगरपालिका, बाग्लुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराएको छ । मन्त्रालयलाई सम्बोधन गरी शनिबार (११ मंसीर) लेखिएको ज्ञापनपत्रमा कर्मचारीको न्युनतम पारिश्रमिकबारे ध्यानाकर्षण गराइएको हो । 

    ‘सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू लामो समयदेखि न्युन पारिश्रमिकमा काम गर्दै आइरहेको व्यहोरा अनुरोध गर्दछौं । नेपाल सरकारले समय समयमा तलवमान निर्धारण गर्दा पनि सो अनुसार हुन नसकेको अवस्था रहेको छ । विनियोजित अनुदान रकमले विद्यालय कर्मचारीको पेशामा अन्योलता सृजना गरेको छ ।

    सामुदायिक विद्यालय कर्मचारीलाई अन्य शिक्षकसरह शिक्षा ऐनमा व्यवस्था गरी दरवन्दी सृजना गरी सोअनुसारको तलवमान सेवासुविधा सुनिश्चित गरिदिनुहुन नेपाल विद्यालय कर्मचारी परिषद् जमिनी नगर कार्यसमिति हार्दिक अनुरोध गर्दछौं,’ अध्यक्ष भूषण आचार्य र सचिव विमल शर्माद्वारा हस्ताक्षरीत पत्रमा भनिएको छ ।

    देशभरका विद्यालय कर्मचारी (परिचर र लेखापाल) न्युनतम पारिश्रमिक र सेवासुविधाको माग गर्दै आन्दोलित छन् । कर्मचारीहरूसँगै प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) पनि आन्दोलित भएका छन् ।

    विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म निकासा नपाएको हुँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । (वेबटिभी खबर)

    1638072725-VU3rB.jpg

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - ११:५९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij