२०८२ भाद्र ७ गते शनिवार
यो श्री जनचेतना आधारभूत विद्यालय खोरबारे-६ रुकुम पश्चिमको बालविकास कक्षा हो ।
के हामीले काम गरिराखेका छैनौं ? के हामी शिक्षक हैनाै ? इसीडी शिक्षकलाई किन खेलौना ठानिएकाे छ सरकार ? कतैका इसीडी शिक्षकलाई १५ हजार रूपैयाँ मासिक पारिश्रमिक छ त कतैका इसीडी शिक्षकलाई ६ हजार रूपैयाँ मात्र छ ।
तपाईंहरूलाई इसीडी शिक्षक र विद्यालय कर्मचारीप्रति दया लागेन शिक्षामन्त्रीज्यू ? भाषण गर्दा विद्यालयको जग बालविकास हो र बालविकासलाई राम्रोसँग हेर्नुहोस् भन्नुहुन्छ । बालविकास शिक्षकले सधैं खाजाको भरमा मात्र काम गर्न सक्छ्न् ?
हेर्नुहोस्, हामीले बालविकासका बालबच्चालाई के-के गरेका छौं । हामीले त्यसै पारिश्रमिकको माग गरेका छैनौं । शिक्षामन्त्रीज्यू, एक पटक गम्भीर भएर सोच्नुहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij