Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

शिक्षकलाई नै किन चौमासिक तलब, अब मासिक तलब दिइने भयो यस्तो निर्णय

शिक्षकलाई नै किन चौमासिक तलब, अब मासिक तलब दिइने भयो यस्तो निर्णय


  • 20.9K
    Shares

    शिक्षकलाई नै किन चौमासिक तलब, अब मासिक तलब दिइने भयो यस्तो निर्णय
    images

    शिक्षकलाई मासिक रूपमा तलब खुवाउनका लागि बहस भइरहेका बेला निर्णय नै भएको समाचार बाहिरिएको छ। पछिल्लो समय डिजिटल बैङ्किङ सरल र लोकप्रिय हुँदा पनि शिक्षकको तलबका लागि किन चौमासिक व्यवस्था हट्न नसकेको भन्दै बहस चलेको थियो।

    शिक्षा मन्त्रालयले ३ माघ २०७३ मा सामुदायिक विद्यालयका शिक्षकहरूको तलब मासिक भुक्तानी गर्ने निर्णय गरे पनि अहिलेसम्म सबैतिर लागू हुन सकेको छैन। केन्द्रबाट स्वीकृत शिक्षकको दरबन्दीअनुसार देशभर शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तहमा बजेट निकासा गर्ने र केन्द्रले अहिले शिक्षकको तलबका लागि चौमासिक बजेट निकासा गरिरहेकाले मासिक तलब दिन सम्भव नभएको सम्बन्धित निकायको जवाफ छ।

    केही स्थानीय तहले भने आन्तरिक स्रोतबाट व्यवस्थापन गरी मासिक भुक्तानी गर्ने गरेका छन्। यसरी काम गरेको तलब लिन चार महिना कुर्नुपर्ने हुँदा शिक्षकहरू समस्यामा परेको भन्दै बाराको कलैया नगरपालिकाले मासिक तलब खुवाउने निर्णय गरेको छ।

    मासिक रूपमा तलब नपाउँदा अत्यावश्यक काम, भइपरी आउने स्वास्थ्य उपचार खर्चलगायत घरायसी खर्च धान्न नै अन्य स्रोत खोज्नु बाध्य हुनुपरेका शिक्षकहरू यो निर्णयपछि भने उत्साहित देखिएका छन्।

    1234.jpg

    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १७:०२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij