Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

हुनेवाला पतिको लागि यस्तो कडा नियम ? यी युवतीसँग कसले गर्ला बिहे ?

हुनेवाला पतिको लागि यस्तो कडा नियम ? यी युवतीसँग कसले गर्ला बिहे ?


  • 5.1K
    Shares

    हुनेवाला पतिको लागि यस्तो कडा नियम ? यी युवतीसँग कसले गर्ला बिहे ?

    एक टिकटकरले आफ्नो हुनेवाला पतिको विषयमा केही कुराहरु पोस्ट गरेकी छिन् जुन सामाजिक संजालमा भाइरल भइरहेको छ ।बेली नामकी यी टिकटकरले बिहेका केही कडा नियमहरुको सूची बनाएकी छिन् । यी नियमहरु उनका पतिले पालना गर्नुपर्नेछ ।

    टिकटकर बेलीले भिडियो शेयर गर्दै लेखेकी छिन् ‘विवाहपछिको लागि मैले मेरो लागि र मेरो पतिको लागि केही नियम बनाएकी छु । यी नियमहरु सुनेर धेरै जनालाई रिस उठ्न सक्छ । पहिलो नियम अनुसार हामी दुवै पति पत्नी कुनै पनि विपरित लिंगका व्यक्तिसँग मित्रता गर्ने छैनौं । दोस्रो नियम अनुसार हामी दुवैले अफिसमा विपरित लिंगका व्यक्तिहरुसँग एक अर्कालाई एक्लै छोड्ने छैनौं ।’

    तेस्रो नियमबारे बताउँदै बेलीले भनिन् ‘हामी दुवैले एक अर्कालाई नबताइ विपरित लिंगका कुनै पनि व्यक्तिलाई फोन वा म्यासेज गर्ने छैनौं । यदि फोन वा म्यासेज गर्नै पर्ने भए पहिले एक अर्कालाई बताउनु पर्नेछ । चौथो नियम अनुसार हामी दुवैले कुनै पनि पोर्न भिडियो हेर्ने छैनौं ।’

    बेलीले भिडियोमा अन्तिम र सबैभन्दा महत्वपूर्ण नियमबारे बताउँदै भनेकी छिन् ‘हामी दुवै एक अर्कालाई सबैभन्दा धेरै महत्व दिनेछौं ।

    यहाँसम्म कि आफ्ना माता पिता भन्दा पनि माथि आफ्नो पार्टनरलाई राख्नेछौं ।’ अहिलेसम्म बेलीको यो भिडियोलाई २.३ मिलियन भन्दा धेरैले हेरिसकेका छन् । मानिसहरुले यसप्रति अनौठा प्रतिक्रिया पनि दिएका छन् ।

    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १६:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij