२०८२ भाद्र २ गते सोमवार
अमेरिकामा एकैदिन ३ हजार ८८० कोरोना संक्रमितको मृत्यु भएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५० हजार ७७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार ५५० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड २ लाख १६ हजार ९९१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १९ लाख ९८ हजार ७९४ जना संक्रमणमुक्त भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij