२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सरकारले प्रत्येक पालिका, प्रदेश र राष्ट्रियस्तरमा क्रमशः प्रविधिमैत्री नमुना विद्यालय स्थापना गर्ने योजना अघि सारेको छ ।
मंगलबार (७ मंसीर) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी सरकारका प्राथमिकता सार्वजनिक गर्दै सो योजना अघि सारेको बताएको हो ।
‘प्रत्येक पालिकास्तर, प्रदेशस्तर र राष्ट्रियस्तरमा क्रमशः प्रविधिमैत्री नमुना विद्यालय स्थापना गरिनेछ,’ शिक्षामन्त्री पौडेलले भने, ‘केही नमुना विद्यालयहरू घोषणा भइसकेका छन् । नमुना विद्यालयको अनुगमन गर्छौं । अनुगमन गरी साँच्चिकै नमुना विद्यालय बनाएर त्यसबाट अनुकरण गर्नेगरी नमुना विद्यालयलाई अगाडि बढाउँछौं ।’ (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij