Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

विद्यालयमै पुगेर कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षामन्त्री पौडेलको आग्रह

विद्यालयमै पुगेर कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षामन्त्री पौडेलको आग्रह


  • 4.4K
    Shares

    विद्यालयमै पुगेर कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षामन्त्री पौडेलको आग्रह
    images

    काठमाडौं । १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् । मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन् । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन् ।

    ‘विद्यालय खुलेसकेका छन् मन्त्री पौडेलले भने,’ १८ वर्षमाथि उमेरसमूहका धेरैले खोप लगाइसकेका छन् त्यसमुनीका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुप¥यो ।’ शिक्षामन्त्रीले बालबालिकाहरुलाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए । उनलेभने ‘प्रत्येक विद्यालयमा पुगेर एक हप्ते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरौं ।, ‘शिक्षा मन्त्रालयले त्यसको समन्वय गर्छ खोपको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरिदिनुप¥यो ।’

    स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिएका छन् । बालबालिकाको लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको बताउँदै आउने वित्तिकै विद्यार्थीेले खोप पाउँने जनाएका छन् । मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको जनाएको छ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् । ९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिए ।

    १२ वर्षमाथिका विद्यार्थीका लागि १ लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताए । तर १२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन ।

    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १०:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij