Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

यमनमा मन्त्रीहरु चढेको विमानमा आक्रमण : २२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

यमनमा मन्त्रीहरु चढेको विमानमा आक्रमण : २२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते


  • 7.5K
    Shares

    यमनमा मन्त्रीहरु चढेको विमानमा आक्रमण : २२ जनाको मृत्यु,  ५० भन्दा बढी घाइते
    images

    यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । नवगठीत सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै  विस्फोट गराइएको हो । विस्फोटपछि गोली समेत चलेको थियो । धावनमार्गमा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको हो ।

    अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ र श्रम मन्त्रालयका उपसचिव मारिएको छ । दुई जना उपमन्त्री घाइते भएका छन् । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् ।

    मृत्यु र घाइते हुनेमा सहायतामा जुटेका मानिसहरु रहेको बताइएको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको आरोप लगाएको छ ।

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १०:२८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij