Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सरकारीमा पढाउने शिक्षकले राम्रो पढाउँछन् भनेर कसरी विश्वास गर्ने भन्दै नेता पोखरेलले शिक्षामन्त्रीलाई गरे यस्तो प्रश्न

सरकारीमा पढाउने शिक्षकले राम्रो पढाउँछन् भनेर कसरी विश्वास गर्ने भन्दै नेता पोखरेलले शिक्षामन्त्रीलाई गरे यस्तो प्रश्न


  • 7.3K
    Shares

    सरकारीमा पढाउने शिक्षकले राम्रो पढाउँछन् भनेर कसरी विश्वास गर्ने भन्दै नेता पोखरेलले शिक्षामन्त्रीलाई गरे यस्तो प्रश्न

    काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा)का युवा नेता रोशन पोखरेलले सरकारी तलबभत्ता र सेवासुविधा लिएका शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने बताएका छन् ।

    सरकारी कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमै अनिवार्य रूपमा पढाउने हो भने सरकारी विद्यालयको शैक्षिकस्तर सुधार हुने नेता पोखरेलको तर्क छ । उनले यसतर्फ सोच्न शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षणसमेत गराएका छन् ।

    सरकारी विद्यालयका शिक्षकलगायतको छोराछोरी निजी विद्यालयमा पढाउने र उनीहरू (शिक्षक)ले पढाएका विद्यार्थीहरू योग्य र सक्षम हुन्छन् भनेर कसरी विश्वास गर्ने भन्दै नेता पोखरेलले शिक्षामन्त्री देवेन्द्र पौडेललाई प्रश्न समेत गरेका छन् ।

    ‘सरकारी तलबभत्ता,सेवासुविधा लिएका सबैका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने गरौं अनि मात्र सरकारी विद्यालयको शैक्षिकस्तर सुधारतर्फ जानेछ,’ नेता पोखरेलले भने, ‘सरकारी विद्यालयका शिक्षक र प्रधानाध्यापक लगायतको छोराछोरी निजी विद्यालयमा पढाउने अनि उनीहरूले पढाएका विद्यार्थीहरू योग्य र सक्षम हुन्छन भनेर कसरी विश्वास गर्ने शिक्षामन्त्रीज्यू ?’  

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १२:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij