Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आगामी हिउँदे अधिवेशनबाट इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १५ हजार पुर्‍याउने, उप-महानगरपालिकामा कति छन् विद्यालय कर्मचारी र इसीडी शिक्षक ?

आगामी हिउँदे अधिवेशनबाट इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १५ हजार पुर्‍याउने, उप-महानगरपालिकामा कति छन् विद्यालय कर्मचारी र इसीडी शिक्षक ?


  • 7.6K
    Shares

    आगामी हिउँदे अधिवेशनबाट इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १५ हजार पुर्‍याउने, उप-महानगरपालिकामा कति छन्  विद्यालय कर्मचारी र  इसीडी शिक्षक ?

    बाँकेस्थित नेपालगन्ज उप-महानगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई आगामी नगरसभा (हिउँदे अधिवेशन) को बैठकबाट मासिक न्युनतम १५ हजार पारिश्रमिक उपलब्ध गराउने भएको छ । सो उप-महानगरपालिकाका शिक्षा अधिकृत लोकेन्द्र शाहीले जानकारी दिएका हुन् ।

    आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले पारिश्रमिक दिनुपर्ने स्पष्ट व्यवस्था छ । हाल नेपालगन्ज उप-महानगरपालिका इसीडी शिक्षकले संघीय सरकारले उपलब्ध गराएको आठ हजार रुपैयाँ पारिश्रमिक पाएको र लेखापालले पनि संघीय सरकारले नै उपलब्ध गराएको १३ हजार पाँच सय रूपैयाँ पाएको शाहीको भनाइ छ ।

    उनले भने, ‘आगामी नगरसभाको बैठक (हिउँदे अधिवेशन) बाट इसीडी शिक्षकलाई सात हजार थप गरेर १५ हजार पारिश्रमिक दिने भनेका छौं । विद्यालय लेखापाललाई संघीय सरकारले १३ हजार पाँच रूपैयाँ दिएको छ । सो रकममा हामीले २५ सय रूपैयाँ थप गरेर १५ हजार पुर्‍याउँछौं ।’

    उप-महानगरपालिकाका विद्यालयमा ४३ जना विद्यालय कर्मचारीहरू र १२७ जना इसीडी शिक्षक छन् । 

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - ११:५५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij