Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सिंगापुरमा कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सिन लगाउन सुरु 

सिंगापुरमा कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सिन लगाउन सुरु 


  • 7.5K
    Shares

    सिंगापुरमा कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सिन लगाउन सुरु 
    images

    सिंगापुरमा आजदेखि कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप लगाउन थालिएको छ । 

    यो पहिलो चरणको खोप हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरूलाई दिइँदै छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वास्थ्यकर्मीहरूलाई खोप दिन सुरु गरिएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

    एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरू अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरू र केन्द्रका  कर्मचारीहरूलाई पहिलो चरणको खोप लगाइनेछ । त्यसपछि  अरू स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा खट्नुपर्ने अवस्थाका कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइनेछ । 

    त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका वृद्धवृद्धालाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १३:५४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij