Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

स्थानीय तहले दिएनन् इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक, के छ अबको विक्लप ?

स्थानीय तहले दिएनन् इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक, के छ अबको विक्लप ?


  • 9.8K
    Shares

    स्थानीय तहले दिएनन् इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक, के छ अबको विक्लप ?

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीहरूलाई ७५३ स्थानीय तहमध्ये अधिकांशले मासिक पारिश्रमिक दिएका छैनन् ।

    विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै स्थानीय तहले हालसम्म निकासा नदिएको हो ।

    पारिश्रमिककै लागि डेढ वर्षदेखि इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलित छन् । वेबटिभी खबरले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक नदिने आफ्नो स्थानीय तहको नाम उल्लेख गर्न आग्रह गर्दा उनीहरूले दिएको जानकारी अनुसार अधिकांश स्थानीय तहले पारिश्रमिक उपलब्ध नगराएको पाइएको हो ।

    पारिश्रमिककै लागि पटक-पटक इसीडी शिक्षक र विद्यालय कर्मचारीले ध्यानाकर्षण गराएपछि पालिकाले बेवास्ता गर्दै आएका छन् ।

    हाल इसीडी शिक्षक र विद्यालय कर्मचारीले संघीय सरकारले उपलब्ध गराएको आठ हजार रूपैयाँ पारिश्रमिक बुझेका छन् । त्यसमा पालिकाले सात हजार थप गरी न्युनतम १५ हजार रूपैयाँ दिनुपर्छ ।

    प्रकाशित मिति :मंसिर ५ २०७८ आइतवार - ११:३१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij