Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

यस्ता शिक्षकको चम्कियो भाग्य : स्थायी गर्ने तयारी, १२ पास गरेकालाई प्रावि सरह कै सेवासुविधा

यस्ता शिक्षकको चम्कियो भाग्य : स्थायी गर्ने तयारी, १२ पास गरेकालाई प्रावि सरह कै सेवासुविधा


  • 63.5K
    Shares

    यस्ता शिक्षकको चम्कियो भाग्य : स्थायी गर्ने तयारी, १२ पास गरेकालाई प्रावि सरह कै सेवासुविधा

    काठमाडौं । शिक्षक सेवा आयोगले प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई स्थायी गर्ने भएको छ ।

    ३८ हजार अस्थायी शिक्षक मध्ये बाटै दश हजारलाई निश्चित मापदण्ड बनाएर यही आर्थिक बर्ष भित्रै स्थायी गर्न समेत शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई निर्देशन दिएको श्रोतको भनाई छ।

    शिक्षक दरबन्दी नहुने र स्थानीय स्रोतबाट परिचालन गर्दै आएका शिक्षकलाई पनि तलब, सेवा सुविधा निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ।

    सरकारले प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई प्रावि सरहकै सेवा सुविधा दिने तयारी गरेको छ। त्यसकालागि आगामी बजेटमा ब्यबस्था गरिने भएको छ। लामो समयदेखि थोरै पारिश्रमिकमा काम गरेका शिक्षकलाई प्रावि सरहको तलब र सेवासुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विद्यालय शिक्षा शाखा प्रमुख विदुरराज गिरीले जानकारी दिए।

    उनले भने, ‘अहिले पनि विद्यालयमा ईसीडीका शिक्षकको तलब र सेवासुविधा निकै कम छ। यसलाई बढाउन उनीहरुले पनि माग गर्दै आएका छन् । माग भएअनुसार नै गर्ने कि भन्ने विषयमा छलफल भएको हो।’ ईसीडीका शिक्षकलाई प्रावि सरह तलब दिन कम्तिमा कक्षा १२ उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको पनि मन्त्रालयले जनाएको छ। १२ पास गरेका लाई उक्त सुबिधा उपलब्ध गराइने निश्चित भएको हो।

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १५:१०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij