Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

यी मोडलले गरे एकसाथ ९ युवतीसँग विवाह, यसरी मनाए पहिलो हनिमुन

यी मोडलले गरे एकसाथ ९ युवतीसँग विवाह, यसरी मनाए पहिलो हनिमुन


  • 3.7K
    Shares

    यी मोडलले गरे एकसाथ ९ युवतीसँग विवाह, यसरी मनाए पहिलो हनिमुन
    images

    ब्राजिलमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। यहाँ एक व्यक्तिले आफ्नी पहिलो श्रीमतीसहित ९ जना युवतीसँग एकसाथ विवाह गरेका छन्। ब्राजिलियन मोडल आर्थर ओउसेरोले एकल विवाहको विरोध गर्दै बहुविवाह गरेका हुन्।

    मिडिया रिपोर्टका अनुसार आर्थरले पहिले नै ब्लगर लुआना काजाकीसँग विवाह गरिसकेका थिए तर दुवै जना आफ्नो विवाहलाई औपचारिकता दिन चाहन्थे। यसै क्रममा आर्थरले पहिलेकी पत्नीसमेत अरु ८ युवती गरेर एकसाथ ९ महिलासँग विवाह गरेका हुन्। उनकी  पहिलो श्रीमती लुआनाले पनि यो विवाहलाई समर्थन गरेकी छन्। 

    यो खुसी जोडी आफ्नो प्रेम अभिव्यक्त गर्न चकित पार्ने कामका कारण प्रायः चर्चामा रहने गर्छ। सो पाउलो सहरको क्याथोलिक चर्चमा विवाह भएको थियो।

    पहिलो हनिमुन

    आर्थर र लुआनाले आफ्नो पहिलो विवाहको हनिमुन क्याप डी एग्डेमा मनाए। यो सहर नग्नताका लागि प्रसिद्ध छ। यहाँ मानिसहरू बिनाकपडा जहाँसुकै आरामसँग घुम्न सक्छन्। यसबारे सोध्दा ती जोडीले भनेका थिए, ‘हामी युरोपभर घुम्न चाहन्छौं र विश्वका सबैभन्दा एक्लेक्टिक क्षेत्रहरू हेर्न चाहन्छौं।’

    महामारीको समयमा यो जोडीले मानिसलाई सेक्स टिप्स पनि सेयर गरिरहेका थिए। यस सम्बन्धमा उनले अन्य दम्पतीलाई पनि आफ्नो वैवाहिक जीवन राम्रो होस् भनेर यौन सम्पर्क गर्न प्रेरित गर्ने प्रयास गरेको बताए। एजेन्सी

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १२:१९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij