२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ११ हजार १५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २९९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८६३ जनाको पीसीआर र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।
गत २४ घण्टामा २६० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार ६४१ जना सक्रिय संक्रमित रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij