डीएसपी शुक्लाका अनुसार दीपककी श्रीमतीले सोझासाझा पुरुषहरुलाई फसाउने गरेको र शारीरिक सम्बन्ध बनाएर रकम असुली गर्ने गरेकी छन् । दीपक आफैँ पनि ती श्रीमतीसँग हनिट्रयापमा परेको प्रहरीसामु बयान दिएका छन् ।
उनले एक डेटिङ साइटबाट चिनजान भएको र आपसी समझदारीमा शारीरिक सम्बन्ध भएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
त्यसपश्चात ती महिलाले बलात्कार केशमा जेल पठाइदिने धम्की दिँदै रकम माग गरेको र दबाबमा आएर अन्ततः तिनै महिलासँग विवाह गर्न बाध्य भएकोसमेत दीपकले उल्लेख गरेका छन् ।
अनुसन्धानका क्रममा प्रहरीले ती महिला पहिल्यैदेखि विवाहित रहेको पत्ता लगाएको छ । प्रहरीले घटना सम्बन्धमा विस्तृत अनुसन्धान थालेको छ ।
