Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

बार परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमणको प्रयास, कसले दियो आन्दोलनरत वकिल कुट्ने र कालो कोट च्यातचुत पार्न धम्की ?

बार परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमणको प्रयास, कसले दियो आन्दोलनरत वकिल कुट्ने र कालो कोट च्यातचुत पार्न धम्की ?


  • 6.3K
    Shares

    बार परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमणको प्रयास, कसले दियो आन्दोलनरत वकिल कुट्ने र कालो कोट च्यातचुत पार्न धम्की  ?
    images

    नेपाल बार एशोसिएशनको भवन परिसरमै कानून व्यवसायीहरुमाथि आक्रमणको प्रयास भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत वकिलहरुमाथि आक्रमणको प्रयास भएको हो।

    बार भवनमा पदाधिकारी र उपत्यकाका बारका पदाधिकारबीच बैठक चलिरहेको समयमा बाहिर रहेका कानून व्यवसायीमाथि बाहिरी व्यक्तिहरुले आक्रमणको प्रयास गरेका हुन्। बार परिसरमा रहेका वकिलहरुलाई एक्कासी देखिएका बाह्य चारजना व्यक्तिहरुले धम्क्याउँदै आक्रमणको प्रयास गरेपछि वकिलहरु पनि उनीहरुमाथि जाइलागेका थिए।

    वकिलमाथि आक्रमणको प्रयास गर्नेहरुले उनीहरुलाई जस्तो पायो त्यस्तै मुद्दा लिएको तथा कालोकोट जलाइदिने जस्ता धम्की दिएका थिए। आक्रमणको प्रयास गर्नेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँकी तीन जना गाडी लिएर भागेका बार परिसरमा रहेका वकिलहरुले बताए।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १३:४८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij