Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

यो हो विश्वकै विषालु बिरुवा जसलाई छुने बितिक्कै हुन्छ मृत्यु

यो हो विश्वकै विषालु बिरुवा जसलाई छुने बितिक्कै हुन्छ मृत्यु


  • 7.7K
    Shares

    यो हो विश्वकै विषालु बिरुवा जसलाई छुने बितिक्कै हुन्छ मृत्यु

    संसारकै सबैभन्दा विषालु विरुवा अस्ट्रेलियामा पाइने गिम्पी गिम्पीलाई मानिन्छ । यो विरुवालाई ‘सुसाइड प्लान्ट’ भनेर पनि चिनिन्छ ।

    यसको पातहरु हाम्रोतिर पाइने सिस्नोजस्तै मसिनो पोल्ने रौजस्ता काँडाहरुले भरिएका हुन्छन्, जसलाई हाम्रो छालाले छुँदा अत्यन्तै पोल्ने र भत्भताउने खालका हुन्छन् । यसले दिने पीडालाई त कतिपय पीडितले एसिडले पोलेको र विजुलीको झट्का लागेको जस्तो हुने भनी बताएका छन् ।

    डेन्ड्रोक्नाइड (Dendrocnide) जिनसमा पर्ने यो विरुवालाई छुँदा पात वा डाँठका खोक्रो झुस हाम्रो छालामा घुस्छ । त्यो घुसेपछि हामीलाई अत्यन्तै पीडादायी डसेको अनुभूति हुन्छ । यो केही घण्टादेखि कैयनदिनसम्म रहिरहन सक्छ ।

    यो कुरा चाहिँ त्यो विरुवाको झुस हाम्रो छालामा कति घुसेको छ भन्ने कुरामा पनि निर्भर गर्छ । कतिपय अवस्थामा त त्यो पीडा महिनौंसम्म पनि रहिरहन सक्छ । अझ त्यो भागलाई छोइँदा, पानी पर्दा वा तापक्रममा परिवर्तन आउँदा पनि अत्यन्तै दुख्ने र पोल्ने हुन्छ ।

    त्यो झुस पसेको शरीरको भागमा ससाना राता डाबर तथा फोकाहरु देखापर्न सक्छ ।

    यो विरुवाको असरलाई कम गर्नको लागि पानी घोलेर नरम बनाइएको हाइड्रोक्लोरिक एसिडले काम गर्ने गर्छ । त्यसबाहेक, छालामा भिजेका झुसहरुलाई प्लगर वा चिम्चीले निकाल्दा पनि केही राहत मिल्छ । चिम्टीले निकाल्न नसकिने झुसहरुलाई छालामा टेप टालेर तान्दा पनि निस्कन सक्छ । तर छालाभित्र पसेका झुसले चाहिँ लामो समय सम्म दुःख दिन सक्छ । एजेन्सी

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - ११:१०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij