२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । मंगलबार बेलुका कलंकीको सीता पेट्रोल पम्प नजिकै स्कुटर दुर्घटना भयो । बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवैजना गम्भिर घाइते भए । घाइतेलाई उपचारका लागि बयोधा अस्पतालमा लगियो ।
तर, स्कुटर चालक धादिङका ३५ वर्षीय रामबहादुर आचार्य र उनीपछाडि सवार बाँकेका ५२ वर्षीय यादवकुमार शाह दुवैको मृत्यु भयो । रामबहादुर पठाओ राइडर थिए ।
पठाओको सवारीसाधन दुर्घटना परेमा चालक र यात्रुले निधनको हकमा बीमा स्वरुप पाँच लाख रुपैयाँ पाउँछन् । त्यसका लागि राइडरले अनलाइन ट्रीप गरेको हुनुपर्छ । तर, अर्को व्यक्तिको नामबाट बुक भएको ट्रीपमा दुर्घटना भएमा बीमा दावी गर्न पाइँदैन ।
यस दुर्घटनाको हकमा राइडर र यात्रु दुवैले बिमास्वरुप पाँच/पाँच लाख रुपैयाँ पाउने पठाओकी मार्केटिङ मेनेजर सुरक्षा हमालले इकागजलाई जानकारी दिइन् ।
‘पठाओमा राइडर र यात्रु दुवैले ज्यान गुमाएको यो पहिलो घटना हो,’ उनले भनिन्, ‘यो दुर्घटनाले हामीलाई पनि दुखी बनाएको छ । हामीले दुर्घटनामा पर्नेको लागि १ लाख रुपैयाँ र मृतकको हकमा ५ लाख रुपैयाँको बीमा गरेका हुन्छौँ । यो घटनामा मृतकका परिवारले पाँच लाख रुपैयाँ पाउनुहुन्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij