Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

मंसीर ३ गते ५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्‍ने, कतिबेर रहिरहन्छ ?

मंसीर ३ गते ५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्‍ने, कतिबेर रहिरहन्छ ?


  • 17.1K
    Shares

    मंसीर ३ गते ५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्‍ने, कतिबेर रहिरहन्छ ?
    images

    काठमाडौँ । आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ ।

    यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । ५ सय ८० वर्ष यता यति लामो अवधिको चन्द्र ग्रहण लागेको थिएन ।

    यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । अब यति लामो चन्द्र ग्रहण ८ फेब्रुअरी २६६९ मा मा मात्र लाग्नेछ ।

    यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ । खगोलविद्को दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो ।

    चन्द्र ग्रहण पूर्ण देखिने भन्दा एक हल्का रेखाको रूपमा देखिन सक्छ । आंशिक चन्द्र ग्रहण भएकाले यसको सूतक काल पनि मान्य नहुने धार्मिक मान्यता छ ।

    ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ।

    धर्मशास्त्रअनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने विश्वास गरिन्छ । विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छाँया पर्छ भन्ने मान्यता रहिआएको छ । त्यसैलाई चन्द्र ग्रहण भनिन्छ ।

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १२:३७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij