२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । ललितपुर महानगरपालिकामा भोलिदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिइँदै छ ।
विभिन्न समयमा पहिलो डोज लगाएर दोस्रो डोज लगाउने समयावधि पुगेका नागरिकलाई खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरूका लागि मंसिर २ र ३ गते (बिहीबार र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जनाएको छ ।
खोप लिनका लागि आफ्नो वडामा सम्पर्क गरी कार्ड लिएर जान सकिने महानगरले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij