२०८२ मंसिर ७ गते आइतवार
अधिकारी बाहेक अब आउने नेपाल टेलिकमका आगामी प्रबन्ध निर्देशकले अब कम्पनीबाट कार्य अवधि पुरा भएसँगै स्वतः अवकाश पाउने भएका छन् ।
विनियमावलीको विनियम १३७ मा संसोधन गर्दै सरकारले हालका प्रवन्ध निर्देशक अधिकारीको जागिर जोगाइदिएको छ । जसमा कुनै कर्मचारी कम्पनीको प्रबन्ध निर्देशक नियुक्त भएमा भन्ने प्रवधान संशोधन गरेको छ ।
संसोधित विनियमावलीमा राखिएको प्रवधान अनुसार कम्पनीका कुनै कर्मचारीले ११ औं तहमा ५ वर्ष सेवा अवधि पुरा गरेको खण्डमा वा कुनै कर्मचारीले १० औं तहमा ८ वर्ष सेवा अवधि पुरा गरेको खण्डमा पनि स्वत अवकाशमा जाने भएको हो ।
यो भन्दा अघि प्रबन्ध निर्देशक पदबाट अवकास पाएपछि पुरानै तहमा फर्किने प्रवधान थियो । यस कर्मचारी विनियमावलीले कार्यकाल सकिएलगतै कम्पनीबाट स्वत अवकाश लिनुपर्ने भएको छ ।
गत केहि महिना अघि टेलिकम कर्मचारी युनियनले टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले अवकाश पाउनुपर्ने माग राख्दै ३१ दिन अन्दोलन गरेको थिए । अधिकारी एमडिमा नियुक्त हुनु अघि १० औं तहका कर्मचारी थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij