२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । सर्वोच्च अदालतमा आजका लागि नौ इजलास तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र सात संयुक्त इजलास तोकेका हुन्।
सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। आज बन्दी प्रत्यक्षीकरण सहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।
यसैबीच नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij