२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । नौ हजार १४९ वटा स्वाब नमुनाको परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर चारजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेकोे छ । यो अवधिमा १७० जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार ४७६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij