Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

दैलेखमा रातको १बजे मिनि ट्रकमा आगलागी, झण्डै ६० हजार मूल्य बरावरको सामान जलेर नष्ट

दैलेखमा रातको १बजे मिनि ट्रकमा आगलागी, झण्डै ६० हजार मूल्य बरावरको सामान जलेर नष्ट


  • 5.5K
    Shares

    दैलेखमा रातको १बजे मिनि ट्रकमा आगलागी, झण्डै ६० हजार मूल्य बरावरको सामान जलेर नष्ट
    images

    नेपालगञ्जबाट दैलख जाँदै गरेकाे मिनि ट्रकमा आगलागी भएकाे छ । कर्णाली राजमार्गकाे चामण्डाबिन्द्रासैनी-७ पाल्तडा बजारमा मिनि ट्रकमा आगलागी भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे हाे । 

    आठविस नगरपालिका वडा ४ खिड्किज्यूला सामान लिएर जाँदै गरेकाे भे १ ख ३६७६ नम्बरको मिनि ट्रकमा आज विहान साढे १ बजेतिर आगलागी भएकाे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

    उनकाअनुसार एक्कासी अगाडिको लाइटको तार सट भएपछि ट्रकको आगलागी भएकाे खुलेकाे छ । ट्रकमा रहेका खुद्रा चाउचाउ, बिष्कोट लगायत अन्य सामान जलेका छन् ।

    आगलागीबाट ट्रकमा रहेकाे झण्डै ६० हजार मूल्य बरावरको सामान जलेर नष्ट भएको छ । घटना लगत्तै प्रहरी चाैकी पाल्तडाबाट खटिएकाे टाेलीले आगाे नियन्त्रणमा लिएपनि मिनिट्रक पूर्ण रूपमा क्षती भएकाे प्रहरीले जनाएकाे छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - ११:२३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij