Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

बजार बन्द गराउँदै हिँडेका १२ जना विप्लवका कार्यकर्ता पक्राउ

बजार बन्द गराउँदै हिँडेका १२ जना विप्लवका कार्यकर्ता पक्राउ


  • 4.0K
    Shares

    बजार बन्द गराउँदै हिँडेका  १२ जना विप्लवका कार्यकर्ता पक्राउ
    images

    सवारी तथा मालबाहक साधन रोक्दै तथा बजार बन्द गराउँदै हिँडेका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रुकुम पश्चिमको सदरमुकामका विभिन्न ठाउँमा बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपाको चन्द समूह निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष सोमपाल कामीसहित १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

    मठ तथा बागबजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शर्माले बताए । गन्तव्यमा हिँडेका यात्रु र सवारीलाई सकेसम्म सुरक्षा प्रदान गरिरहेको प्रहरीको भनाई छ ।

    सदरमुकाममा बन्दको प्रभाव भने परेको छ । बिहानैदेखि यातायातका साधन चलेका छैनन् भने बजार पनि खुलेका छैनन् । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु पनि विद्यालय गएका छैनन् ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - ११:०५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij