२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं, २९ कात्तिक । नेपालमा सोमबार थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ५५४ पिसिआर परिक्षणका क्रममा ३ सय ६७ जना र ४ हजार ८४८ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
थप २ सय ७० संक्रमित निको भएका छन् । हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित छन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij