Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

सोमालियामा खाद्य संंकट, ३५ लाख भन्दा बढी मानिस प्रभावित हुने

सोमालियामा खाद्य संंकट, ३५ लाख भन्दा बढी मानिस प्रभावित हुने


  • 5.8K
    Shares

    सोमालियामा खाद्य संंकट, ३५ लाख भन्दा बढी मानिस प्रभावित हुने
    images

    सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ । यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ । सोमालियामा रहेको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे जानकारी दिएको छ ।

    मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा यहाँको खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ ।

    समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ ।

    साथै सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ ।खडेरीका कारण नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् ।

    आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

    सोमालियाको सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो ।

    सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको छ । सो निकायले आवश्यक सहयोग गर्न नसक्ने हो भने यहाँको अवस्था गम्भीर हुने पनि बताएको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १४:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij