Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

ओखलढुङ्गा अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

ओखलढुङ्गा अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो


  • 3.5K
    Shares

    ओखलढुङ्गा अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
    images

    ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशीमा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

    प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा सोमबार बिहान दुर्घटना भएको थियो। बलेरोमा चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको प्रहरीले जनाएको छ ।

    विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१० बस्ने ३६ वर्षीया शान्तामाया मगर, ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर र १९ वर्षीय खगेन्द्र मगर रहेका छन्।

    घटनामा जिपमा सवार १२ जना घाइते भएकाछन्। घाइते भएका मध्ये चारजनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    प्रहरी कार्यालयका अनुसार घाइते ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र अन्य घाइतेहरुलाई मिशन अस्पताल लगिएको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १३:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij