Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ जना घाइते

ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ जना घाइते


  • 4.2K
    Shares

    ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ जना घाइते
    images

    ओखलढुंगा । सोमबार बिहान ओखलढुंगाको च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

    एकादशी मेलाका लागि  ककनी जाने तिर्थालु बोकेको प्रदेश नम्बर ३ ०१०२२ च ९६९४ नम्बरको बोलेरो जिल्लाकाे सुनकोसी गाउँपालिका ९ सिकारीडाँडामा दुर्घटना भएको हो।

    दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र १३ जना घाइते भएको ओखलढुंगाका डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए । 

    काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् । ककनीमा एकादशी मेला भर्न जिल्लाका अधिकांश ठाउँबाट मानिसहरू जाने गर्दछन् । 

    घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको काफ्लेले बताए।

     

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १०:३७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij