Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता


  • 4.9K
    Shares

    चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
    images

    बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो ।

     
    उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गरेको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिए ।

    यस फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्धिपक्षीय सम्बन्ध, दुई देशबीचको द्धिपक्षीय व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।

    चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ ।

    सोही उच्चस्तरीय वार्ताको पूर्व सन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिनुभएको हो ।
     

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १३:४८:३१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij