Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

तीन देशका राजदुत मुगुको रारातालमा भ्रमण

तीन देशका राजदुत मुगुको रारातालमा भ्रमण


  • 3.2K
    Shares

    तीन देशका राजदुत  मुगुको रारातालमा  भ्रमण
    images
    मुगु । नेपालस्थित तीन देशका राजदुतहरुले हिमाली जिल्ला मुगुको रारातालको भ्रमण गर्ने भएका छन् । 
    नेपालमा जलवायु परिवर्तनले पारेको असर बुझ्नका लागि आगामी साता मुगुको राराताल भ्रमण गर्ने भएका हुन् । 

    अमेरिकी राजदुत र्‍यान्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले आगामी साता मुगुको रारातालमा भ्रमण गर्ने जनाएका छन् । 

    अष्ट्रेलियाली राजदुतावासको फेसबुकमा लेखिएको छ, ‘नेपालका लागि अमेरिकी राजदूत बेरी, बेलायती राजदूत पोलिट, तथा अस्ट्रेलियाली राजदूत भल्कले आउने साता नेपाल घुम्न, जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरू र वातावरणमा पारेको असर लगायत जलवायु सम्बन्धी तुरून्तै गर्नुपर्ने कामहरू बारे जनचेतना जगाउन संयुक्त भ्रमणमा निस्कने योजनामा हुनुहुन्छ ।’

    दुताबासले भनेको छ,‘यसबारेमा थप थाहा पाउन आउने केही दिन अमेरिकी, बेलायती, तथा अस्ट्रेलियाली दूतावासको सामाजिक सञ्जाल हेर्दै गर्नुहोला ।’

    तीन देशका राजदुतहरुको बैठकको फोटो सार्वजनिक गर्दै सामाजिक सञ्जाल ट्विटरमा अमेरिकी दुतावासले भनेको छ ।

    जलवायु परिवर्तनले हिमाली जिल्लामा पारेको प्रभावका विषयमा अध्ययन गर्ने दुतावासले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १२:४५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij