Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

जंगली जनावरको आक्रमण हुने डरले सारियो एमालेको महाधिवेशन बन्दसत्र स्थल

जंगली जनावरको आक्रमण हुने डरले सारियो एमालेको महाधिवेशन बन्दसत्र स्थल


  • 4.2K
    Shares

    जंगली जनावरको आक्रमण  हुने डरले सारियो एमालेको महाधिवेशन बन्दसत्र स्थल
    images

    चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ ।

    बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    बाघमारा चौरमा जंगली जनावरले आक्रमण गर्न सक्ने खतरा रहेकोले सुरक्षाको लागि स्थान परिर्वतन गरिएको उनले बताए । सोही होटलमा बन्दसत्रको सम्पूर्ण कार्यक्रम सञ्चालन हुने मुल व्यवस्थापन समितिले जनाएको छ ।

    एमालेको १०औँ राष्ट्रिय महाधिबेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिबेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा हुने छ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुने छ । बन्द सत्रमा भोटिङका लागि १०० विद्युतीय उपकरण प्रयोग गरिने एमालेले जनाएको छ ।

    यसैबीच, मुल व्यवस्थापन समितिले शुक्रबार सौराहाका व्यवसायीहरुसँग छलफल गरेको छ । व्यवसायीहरुसँग आवास र खाद्य व्यवस्थापनको विषयमा छलफल गरिएको हो । सौराहामा रहेका १५० वटा होटलहरुमा एक हजार ४५० वटा रुम बुकिङ गर्ने तयारी गरिएको छ ।

    क्षेत्रीय होटल संघ चितवन सौराहासँग सम्झौता गर्ने सहमति भएपनि अहिले सम्म सम्झौता भइसकेको छैन् । मुल व्यवस्थापन समितिको सह–संयोजक तथा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको बैठकमा आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेल, खाद्य व्यवस्थापन समितिका संयोजक कपिल पोखरेल, जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन लगायतको सहभागिता थियो ।

    छलफलमा व्यवसायीको तर्फबाट क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी र जीप तथा डुंगा सफारी प्रालिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

     

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १५:०१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij