२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले विभिन्न पदमा कर्मचारी मागेको छ।
दरखास्त फाराम र पाठ्यक्रम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।
कर्मचारी छनौट खुला प्रतियोगितात्मक परीक्षाद्वारा गरिने रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । दरखास्त फारम दिनको ११ः०० बजेदेखि ४ः०० बजेसम्म बुझाउन सकिनेछ।
इन्जिनियर ३ जना, प्रशासकीय अधिकृत २ जना, लेखा अधिकृत २ जना, व्यापार अधिकृत १ जना, कार्यक्रम अधिकृत १ जना, गायन–बाद्य संयोजक १ जना, सम्पादक ९नेपाली० १ जना, संवाददाता १ जना, प्रधान सहायक १ जना, लेखापाल १ जना, समाचार बाचक नेपाली १ जना, कार्यालय सहायक १ जना, लेखापाल १ जना, वरिष्ठव्यापार सहायक १ जना, प्राविधिक सहायक ७ जना, कार्यक्रम सहायक २ जना, बाद्यवादक १ जना, समाचार वाचक नेपाली १ जना, कार्यालय सहायक १ जना, सहायक लेखापाल १ जना, प्राविधिक सहायक १० जना, कार्यक्रम सहायक १ जना गरि जम्मा ३९ जनाको लागि आवेदन खुला गरिएको छ ।


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij