काठमाडौँ । सुनको भाउ ५ महिनापछि प्रतितोला ९४ हजार माथि पुगेको छ । कार्तिक २६ गते, शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसअघि जेष्ठ महिनामा सुन सोहि मूल्य बराबरमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सुनको मूल्य लागातार तेश्रो दिन वृद्धि भएको हो ।
यो साता सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन सुन प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यसयता सुनको भाउ मंगलबार बाहेक प्रतिदिन उकालो लागेको थियो ।
प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार -
११:३४:२० बजे