Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

राष्ट्रपति लाई ८० प्रश्न सोधेर जनगणनाको प्रारम्भ गरियो

राष्ट्रपति लाई ८० प्रश्न सोधेर जनगणनाको प्रारम्भ गरियो


  • 19.9K
    Shares

    राष्ट्रपति लाई ८० प्रश्न सोधेर जनगणनाको प्रारम्भ गरियो
    images

    काठमाडौँ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार तथ्याङ्क विभागका गणकले राष्ट्रपति भण्डारीको पारिवारिक तथ्याङ्क सङ्कलन गरेका हुन्। यससँगै राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भ भएको छ।

    विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङ्क लिएर राष्ट्रिय जनगणना-२०७८ को औपचारिक शुरूआत गरिएको बताए। राष्ट्रपति भण्डारीलाई जनगणनाको तथ्याङ्कमा रहेका ८० वटा प्रश्न सोधिएको थियो।

    यस पटक जनगणनाका लागि ८० वटा प्रश्नावली तयारी गरिएको छ। गणकहरूले देशभर सबैलाई ८० वटा प्रश्न सोधेर तथ्यांक संकलन गर्नेछन्।

    आजबाट प्रारम्भ भएको जगणना ९ मंसीरसम्म चल्नेछ। यसका लागि देशभर ४० हजार गणक र आठ हजार ५०० सुपरिवेक्षक परिचालन गरिएको तथ्याङ्क विभागले जनाएको छ।

     

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १३:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij