Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

सर्वोच्च अदालत परिसरमा वकिल-प्रहरी झडप, महासचिवसहित ६ वकिल घाइते

सर्वोच्च अदालत परिसरमा वकिल-प्रहरी झडप, महासचिवसहित ६ वकिल घाइते


  • 6.5K
    Shares

    सर्वोच्च अदालत परिसरमा वकिल-प्रहरी झडप,  महासचिवसहित ६ वकिल घाइते
    images

    काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

    झडपकका क्रममा बार महासचिव लिलामणि पौडेलसहित ६ वकिल घाइते भएका छन् ।

    महासचिव पौडेलसहित पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण, उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई र रक्षा बस्याल सामान्य घाइते भएको नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।

    प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।

    सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वोच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।

    कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।

    अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।

    ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १३:०६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij