१. सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।
२. यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।
३. लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।
४. त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।
५. लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।
६. त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।
१२. कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।