२०८२ मंसिर ८ गते सोमवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका हुने सहयोगका विषयमा छलफल भएको हो ।
भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्धिपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे । भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij