Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो

इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो


  • 5.1K
    Shares

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताए। उनले भनेका छ– पछिल्ला केही दिनमा इथियोपियामा हिंसा भड्किएको छ र यसका कारण देशमा संकटकाल पनि लागेकोले यसबाट नागरिकहरु बाच्न पाउने तथा दैनिक अधिकारहरुमाथि असर परिरहेकोप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण भएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा महासचिव गुटर्रेसले यहाँ हिंसाको अन्त्य गर्न तथा अप्ठेरोमा परेका नागरिकलाई मानवीय सहायताका लागि तत्परता देखाउन पनि सरकारलाई आग्रह भनिएको छ । यहाँको हिंसामा सत्रुता बढ्दै जाँदा यसबाट इथियोपियाका नागरिकले नै दुःख पाउने भएकाले यसतर्फ सरकार तथा अरु विपक्षी तथा विद्रोहीहरुले सोच्नुपर्ने महासचिव गुटर्रेसको भनाई छ ।

    विशेषगरी उत्तरी इथियोपियाको टिगरे क्षेत्रमा यस्तो हिंसाको अवस्था देखा परिरहेको छ । जसका कारण यहाँ मानवीय सहयताको खाँचो परेको छ ।बालबालिकादेखि महिलाहरु समस्यामा परेका छन् । सो क्षेत्रमा हिंसा जारी रहँदा यहाँका नागरिकले खाना, पानी र औषधि पनि पाउन नसकेको बताइएको छ । केही हप्तायतादेखि उत्तरी इथियोपियाको टिगरेलगायतका क्षेत्रमा संघर्ष जारी रहेको छ । 

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १६:४३:३३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij