Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति शर्मा

ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति शर्मा


  • 5.9K
    Shares

    ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ : प्रधानसेनापति शर्मा
    images

    मकवानपुर  । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ऐतिहासिक महत्त्वका गढीहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । बुधबार मकवानपुरस्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै उनले नेपाली सेना यस्ता गढीको संरक्षणका लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

    देशको भौगोलिक सीमा रक्षार्थ बनाइएका गढीहरु नेपाली सेनाको इतिहाससँग समेत सम्बन्धित रहेको भन्दै उनले विभिन्न स्थानमा रहेका यस्ता गढीको संरक्षणमा सेनाले आवश्यक भूमिका निर्वाह गर्ने बताए ।

    प्रधानसेनापति शर्माले तत्कालीन समयमा देशको रक्षा गर्न बनाइएका गढीहरु नेपालको इतिहाससँग जोडिएको भन्दै सबैले यिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले ऐतिहासिक चिसापानी गढी संरक्षणमा स्थानीय तहले अग्रसरता देखाएकोमा खुशी प्रकट गरे ।

    उक्त गढी भीमफेदी गाउँपालिकाको सक्रियतामा संरक्षणका लागि पहल गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा चिसापानी गढी संरक्षण तथा पूर्वाधार आयोजनाको काम अघि बढाइएको हो ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १६:३४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij